site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पत्रकारको संसद् प्रवेश पास निलम्बनमा सत्तारुढ कांग्रेसकै असहमति 

काठमाडौं । प्रश्न सोधेकै आधारमा पत्रकारमाथि कारबाही भएको विषयमा सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले असहमति जनाएको छ । 

प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा कांग्रेस दृढतापूर्वक उभिने कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले प्रश्न सोधेकै आधारमा पत्रकारमाथि कारबाही हुनु उचित नभएको भन्दै संसद् सचिवालयसँग यस विषयका छलफल गर्ने बताए । 

उनले कारबाही फिर्ता गर्नेतर्फ लाग्ने बताए । घिमिरेले सञ्चारकर्मीलाई पनि मर्यादित भएर प्रश्न गर्न आग्रह गरे ।  

संघीय संसद् सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गर्ने दुई पत्रकारको संसद् प्रवेश पास निलम्बन गरेको थियो । यसमा अन्य दलका सांसदले विरोध जनाएका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्