site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संवैधानिक निकायका ‘असंवैधानिक’ पदाधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा

काठमाडौं । संवैधानिक निकायमा ‘असंवैधानिक’ नियुक्ति भएको भन्दै ५२ पदाधिकारीविरुद्ध परेको रिट हेर्दाहेर्दैमा परेको छ । 

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदी रहेको संवैधानिक इजलासले चैत ६ गतेका लागि पेसी तोकेको छ । गत माग ३० गतेदेखि नै संवैधानिक इजलासले हेर्दाहेर्दैमा राखेर सुनुवाइ अघि बढाएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको तत्कालीन नेकपा सरकारले संविधानको व्यवस्था नै संशोधन हुने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेर नियुक्ति सिफारिस गरेका थिए । उक्त निर्णयविरुद्ध अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले दायर गरेको रिटमा चार वर्षपछि सुनुवाइ अघि बढेको हो ।

सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले नियुक्तिमा भाग लिएका कारण रिटमाथिको सुनुवाइमा अवरोध सृजना भएको थियो । उनीपछि कामु प्रधानन्यायाधीशमा दीपकुमार कार्की आएपछि संवैधानिक इजलास गठन गरी सुनुवाइ थालिए पनि निष्कर्ष प्राप्त नहुँदा रिट अल्झिएको थियो ।

 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १८:५४
प्रतिक्रिया दिनुहोस्