site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रिय सभा अध्यक्षले चार विधेयक प्रमाणित गरे 

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सोमबार चार विधेयक प्रमाणित गरेका छन् । 

अध्यक्ष दाहालले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०, विद्युतीय व्यापार विधेयक, २०८० विधायनसम्बन्धी विधेयक, २०८० र  भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ प्रमाणित गरेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले प्रमाणित गरेका विधेयकहरूलाई प्रमाणीकरणका लागि भोलि (मंगलबार) राष्ट्रपतिकहाँ पठाइनेछ । 

संविधानको धारा ११३ को उपधारा (१) बमोजिम राष्ट्रिय सभा अध्यक्षले प्रमाणित गरी धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गर्नुपर्दछ। 

राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि विधेयक ऐनका रूपमा लागु हुन्छ । 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्