site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चैत १५ सम्मको प्रतिनिधिसभाको ‘क्यालेन्डर’ तयार
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद् सचिवालयले चैत १५ गतेसम्मको प्रतिनिधिसभाको ‘क्यालेन्डर’ तयार गरेको छ । शनिबार (चैत २) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णयानुसार चैत १५ सम्मको उक्त क्यालेन्डर तयार गरिएको हो । 

क्यालेन्डरअनुसार, अब चैत ३, ४, ६, ७, १३, १४ र १५ गरी सात दिन बैठक बस्नेछ । चैत ३ गते बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची पनि तय गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आइतबार (चैत ३) बस्ने बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने र ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 

यस्तै, उनले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने जनाइएको छ । रासस

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १९:२३
प्रतिक्रिया दिनुहोस्