site stats
बाह्रखरी :: Baahrakhari
देश
कर्णाली नदीमा खसेर एकजना बेपत्ता
फाइल तस्बिर ।

मान्म (कालीकोट) । ड्रमको डुंगा चढेर कर्णाली नदी तर्ने क्रममा एकजना बेपत्ता भएका छन् ।

कालीकोटको कर्णाली करिडोरअन्तर्गत पलाता–९ मा पर्ने घाटपारी चौर नदी क्षेत्रमा डुंगाबाट खसेर मुगुकाे रारा छायानाथ नगरपालिका–१० का २३ वर्षीय देवनाथ सेजुवाल सोमबार बेपत्ता भएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कर्णाली करिडोरमा १० महिनादेखि ज्याला मजदुरी गर्दै आएका सेजुवाल आज कर्णाली नदी पारीबाट डिजेल राख्ने ड्रम जोडेर बनाइएको डुंगा चढेर काम गर्ने ठाउँमा आउने क्रममा नदीमा खसेको कालीकोटका निमित्त प्रहरी प्रमुख किशोर केसीले जानकारी दिए ।

स्थानीय र प्रहरीले बेपत्ताको खोजी गरिरहेको छ । कालिकोटको पलाता–९ मा पर्ने घाटपारी चौरदेखि बाजुराको लैफूसम्म ११ किमी चट्टान विस्फोटनसहित नेपाली सेनाले कर्णाली करिडोर निर्माण गरिरहेको छ । रासस

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १९:५२
प्रतिक्रिया दिनुहोस्