site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राप्रपामा रवीन्द्र/धवल शमशेर रक्षात्मक ! पार्टीभित्रै प्रश्न– तपाईंहरुको लाइन कुन हो ?

काठमाडौं । राप्रपामा पार्टी नेतृत्वलाई पछि पार्दै नवराज सुवेदी र दुर्गा प्रसाईंको अभियानमा सक्रिय भएको भन्दै बैठकमा तीव्र आलोचना भएको छ । मंगलबार बेलुका राप्रपाको कार्यसम्पादन समितिको बैठकमा उनीहरुलाई पार्टीका नेताहरुले प्रश्न गरे– तपाईंहरुको लाइन के हो ? स्पष्ट हुनुपर्‍यो ।

पार्टीलाई नै पछि पार्नेगरी अर्को शक्तिकेन्द्र निर्माणमा जुटेको भन्दै आलोचना भएको एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरुलाई प्रश्न गर्दै लाइन स्पष्ट पार्न चेतावनी दिएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“तपाईंहरुको लाइन के हो ? रवीन्द्र मिश्र र धवलशमशेर जबरा दुईतिर बस्न त नमिल्ने होला । उता संयोजक बस्ने कि पार्टीको अभियानमा सक्रिय हुने ? उता (सुवेदी) सदस्य सचिव बस्ने कि यता अभियान हाँक्ने ?,” जबरा र मिश्रप्रति सोधिएको प्रश्न उद्धृत गर्दै उनले भने ।

जबराले धेरै लामो समयदेखिको अभियान भएकाले राष्ट्रिय झन्डाको आन्दोलनमा सहभागी भएको बताउँदै अभियानको बचाउ गर्न खोजेका थिए । तर मिश्रले भने प्रक्रियामा त्रुटि भएको बताउँदै आगामी दिनमा पार्टीको लाइनविपरीत नजाने स्पष्ट पारेका थिए ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने बैठकमा त्यस्तो चर्काचर्की केही नभएको बताउँदै भने, “राजसंस्था स्थापनाको अभियानको नेतृत्व राप्रपाले लिन्छ ।”

उनले २००७ सालको आन्दोलन, २०४६ साल, २०६३ सालको आन्दोलन पार्टीहरुले नै नेतृत्व गरेकाले सफल भएको बताउँदै राजतन्त्र स्थापनाको अभियानको नेतृत्व पनि राप्रपाले नै लिने बताए ।

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्