site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न बिमा कम्पनीलाई निर्देशन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल बिमा प्राधिकरणले जीवन बिमा, निर्जीवन बिमा तथा पुनर्बिमा व्यवसाय गर्ने सबै बिमा कम्पनीहरूलाई ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले लगानी व्यवस्थापन गर्नका लागि लगानीसम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा रहने गरी ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गरी सात दिनभित्र प्राधिकरणलाई जानकारी दिन बिमा कम्पनीहरूलाई निर्देशन दिइएको हो ।

यसैगरी, लघुबिमा व्यवसाय गर्ने कम्पनीहरूलाई लगानी व्यवस्थापन कार्यका लागि सोसम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीलाई जिम्मेवारी दिइ सात दिनभित्र जानकारी दिन प्राधिकरणले निर्देशन दिएको छ । बिमा कम्पनीहरूले यसअघि लगानीसम्बन्धी व्यवस्थाको कार्यान्वयन गरिसकेको भए सोको समेत सातभित्र जानकारी दिन प्राधिकरणले सबै बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १८:२०
प्रतिक्रिया दिनुहोस्