site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पूर्वराजाले 'श्री ५ महाराजधिराज' र 'शाही निसान' प्रयोग गरेकोमा सांसदको आपत्ति
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको भिडियो सन्देशमा 'श्री ५ महाराजधिराज' भनिएको र 'शाही निसान' प्रयोग गरिएकोमा आपत्ति जनाएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले भने, “पूर्वराजा ज्ञानेन्द्रले फागुन ६ गते दिएको भिडियो सन्देशमा श्री ५ महाराजधिराज भनेर प्रयोग गरिएको र शाही निसान प्रयोग गरेको देखियो । शाही निसान ०६५ जेठ १७ गते हटाएर राष्ट्रिय झन्डा राखिएको थियो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले 'महाराजधिराजशब्द संविधानमा कहीँ पनि उल्लेख नभएकाले सचेत गराउन सरकारलाई आग्रह गरे ।

“श्री ५ महाराजधिराज भनेर राख्ने र शाही निसान राख्नेप्रति घोर आपत्ति छ । सरकारले संविधान त्यस्ता कार्य नगर्न, संविधान नमिच्न सरकारले आग्रह गरोस्,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्