site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निर्माण व्यवसायीसम्बन्धी कानुन निर्माणमा कांग्रेस सभापति देउवाकाे जाेड

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्थतन्त्रलाई गतिशील बनाउन सबैले आ–आफ्नो ठाउँबाट आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । 

सोमबार सानेपामा कांग्रेस आबद्ध निर्माण व्यवसायीको राष्ट्रिय भेला उद्घाटन गर्दै सभापति देउवाले कांग्रेसको नेतृत्वमा संविधानसभामार्फत संविधान निर्माण भई संघीयतासहितको गणतान्त्रिक व्यवस्था कायम भए पनि आर्थिक समृद्धिको मार्गमा सोचेजस्तो सफलता प्राप्त गर्न नसकेको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अर्थतन्त्रलाई गतिशील बनाउन सबैले आ–आफ्नो ठाउँबाट आवश्यक भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । निर्माण व्यवसायीको योगदानविना भौतिक पूर्वाधारको विकास सम्भव नरहेको उनले बताए । 

विश्व अर्थतन्त्रमा समेत समस्या आएको अवस्थामा २५ लाखभन्दा बढीलाई रोजगारी दिने निर्माण व्यवसायी क्षेत्रलाई समृद्ध बनाउन निर्माण व्यवसायीसम्बन्धी कानुन आवश्यक रहेको उनले बताए । 

यसका लागि आफूले पहल गर्ने उनले प्रतिबद्धता जनाए । सभापति देउवाले भुक्तानी समस्या, निर्माण सामग्रीमा भइरहेको मूल्यवृद्धि नियन्त्रण र सहज रूपमा निर्माण व्यवसायको काम गर्नका लागि पनि आफ्नो ध्यानाकर्षण भएको बताए । 

उनले निर्माण व्यवसायलाई थप प्रविधिमैत्री बनाउँदै तोकिएको समयमा नै आयोजना सम्पन्न गर्न निर्माण व्यवसायीका साथै सरकारले पनि सहकार्यलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे । 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्