site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीसँग नेपालका लागि थाइल्यान्डका राजदूतको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्नले आज शिष्टाचार भेट गरेका छन् । 

थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक थाइल्यान्ड भ्रमणको पूर्वसन्ध्यामा राजदूत सिरिसोर्नले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यही चैत २२ मा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलन तथा थाइल्यान्ड औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही चैत चैत १९ गते बैंकक प्रस्थान गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १९:३६
प्रतिक्रिया दिनुहोस्