site stats
बाह्रखरी :: Baahrakhari
देश
म्यानमारको मेवाडीबाट चार नेपालको उद्धार

काठमाडौं । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले म्यानमारको मेवाडीबाट चार नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ । उनीहरूलाई बुधबार नेपाल फर्काइएको बैंककस्थित नेपाली दूतावासले जनाएको छ ।

“अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकहरूलाई नेपाली राजदूतावासले थाइल्यान्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुदै थाइल्यान्ड ल्याइ चारजनालाई चैत १३ गतेका दिन नेपाल फर्काइएको छ,” बैंककस्थित नेपाली दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दूतावासले नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अनुरोध गरेको छ ।

कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतुले कम्वोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नआउनका लागि पनि दूतावासले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १८:४२
प्रतिक्रिया दिनुहोस्