site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राजावादीको हिंसात्मक गतिविधिको सशक्त प्रतिवाद गर्न नेसपाको आह्वान

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले राजावादीहरूले कथित आन्दोलनको आवरणमा वितण्डता मच्चाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सर्वसाधारण जनताका निजी सम्पत्ति, व्यापारिक केन्द्र, राजनीतिक दलका कार्यालय, सञ्चारगृह, यातायातका साधनलगायत सार्वजनिक सम्पत्तिमाथि योजनाबद्ध रूपमा गरिएका तोडफोड, लुटपाट र आगजनीलगायत गतिविधिको सो पार्टीले विरोध र भर्त्सना गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रदर्शनकारीलाई ‘मण्डले आततायी तत्त्व’को संज्ञा दिँदै प्रवक्ता कृष्ण शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ , “राजतन्त्र पुनर्स्थापना गर्ने आन्दोलनका नाममा जघन्य अपराधमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी करबाहीको दायरामा ल्याई यस्ता विध्वंसकारी गतिविधिलाई समयमै नियन्त्रण गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराउदछौँ ।” 

नयाँ शक्तिले पुनरुत्थानवादी शक्तिहरूले बदनीयतपूर्ण ढंगले लोकतन्त्रविरोधी हर्कत सञ्चालन गरिरहेको भन्दै यस्ता अराजनीतिक र हिंसात्मक गतिविधिको सशक्त प्रतिवाद गर्न सम्पूर्ण अग्रगामी र लोकतन्त्र पक्षधर शक्तिहरूलाई आह्वान गरेको छ । 

सो पार्टीले प्रदर्शनका क्रममा मारिएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुर निवासी सविन महर्जनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  २३:४०
प्रतिक्रिया दिनुहोस्