site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सविन महर्जन र सुरेश रजकलाई सहिद घोषणा गर्न सांसद केसीको माग

काठमाडौं । काठमाडौं–१० बाट निर्वाचित नेपाली कंग्रेसका सांसद राजेन्द्र केसीले राजावादी आन्दोलनमा ज्यान गुमाएका सविन महर्जन र सुरेश रजकलाई सहिद घोषणा गर्न माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठककमा सांसद केसीले कुनै वाद नभएका दुवैको ज्यान अनाहकमा गएको बताए ।

“सविन महर्जन र सुरेश रजक कुनै वादी हुनुहुन्थेन, उहाँहरू गणतन्त्रवादी नै हुनुहुन्थ्यो,” केसीले भने, “गृहमन्त्री यहीँ हुनुहुन्छ, निष्पक्ष छानबिनमार्फत न्याय दिन माग गर्दछु ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले महर्जन आफ्नै निर्वाचन क्षेत्रको व्यक्ति भएको भन्दै उनको पारिवारिक अवस्था दयनीय बनेकाले राहत आवश्यक भएको बताए ।

“सविन महर्जन पेसाले डाइभर हुनुहुन्थ्यो । उहाँ बल्खु–हेटौँडाको सुमो चालक हुनुहुन्थ्यो । उहाँको मातापिता, श्रीमती र आठ वर्षीया छोरी छन् । आर्थिक अवस्था अत्यन्तै कमजोर छ,” केसीले भने, “पिता मृगौला र माता मुटुको रोगी हुनुहुन्छ । २८ वर्षको श्रीमती अवोध छन् । घरायसी जिम्मेवारीमात्र सम्हाल्नुभएकी उहाँको परिवार व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता सुरु भएको छ, राहतको व्यवस्था होस् ।”

उनले ज्यान गुमाएका दुवै जनालाई सहिद घोषणा गरी सम्मान व्यक्त गरिदिन माग गरे ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्