site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चैत २० देखि लिप मोटर टी०३ डेलिभरी

काठमाडौं । नेपालका लागि लिपमोटर गाडीको आधिकारिक एकमात्र आयातकर्ता सांग्रिला मोटर्सले नयाँ लिपमोटर टी०३ को डेलिभरी चैत २० गतेबाट गर्ने भएको छ ।

अत्यधिक मात्रामा बुकिङ प्राप्त गरेसँगै लिपमोटर टी०३ मुलुकको विद्युतीय गतिशीलताको भविष्यलाई अघि बढाउँदै नेपाली सडकहरूमा प्रवेश गर्न तयार छ । स्मार्ट प्रविधि, प्रभावशाली रेन्ज र उचित मूल्यका साथ टी०३ सहरी इभी ड्राइभिङलाई नयाँ परिभाषा दिनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

२८ लाख ९९ हजारदेखि सुरु हुने लिपमोटर टी०३ मा ३७.३ किलोवाट आवर ब्याट्री रहेको छ, जसको डब्ल्युएलटीपी रेन्ज अर्बन साइकलमा ३९५ किमि रहेको छ । 

यसमा लेभल २ एडभान्स्ड लिप पाइलट ड्राइभर एक्टिभ सेफ्टी असिस्टेन्स प्रणाली पनि समावेश गरिएको छ, जसले स्मार्ट र सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्दछ ।

“यही आइतबारबाट पहिलो चरणको डेलिभरी सुरु भइसकेको छ र हामी हाम्रा ग्राहकहरूलाई लिपमोटर टी०३ प्रदान गर्न उत्साहित छौँ । यो इभी कम्प्याक्ट तर फिचरले भरिएको छ,” सांग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले भने ।

सांग्रिला मोटर्स गोल्छा अर्गनाइजेसनको सदस्य हो जुन २०१७ देखि प्युजोको एकमात्र आधिकारिक आयातकर्ता र २०२१ देखि सिट्रोएनको आधिकारिक आयातकर्ता रहेको छ ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १७:०३
प्रतिक्रिया दिनुहोस्