site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विद्यालय शिक्षा विधेयक अघि बढाउन सरकार तयार 

काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्ने गरी विद्यालय शिक्षा विधेयकलाई अघि बढाउने भएको छ । 

आन्दोलनमा रहेका शिक्षकको मागका विषयमा बिहीबार सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री विद्या भट्टराईलगायत विभिन्न दलका नेतासँगको छलफलपछि गृहमन्त्री लेखकले शिक्षकका मागलाई सम्बोधन हुने गरी उक्त विधेयक अघि बढाउने बताएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विधेयक संसद्‍मा विचाराधीन रहे पनि यसलाई समयमा नै अघि बढाउन सरकारले आवश्यक भूमिका निर्वाह गर्ने उनले बताए । मन्त्री लेखकले शिक्षकले उठाएका विषय निकै गम्भीर रहेकाले यस विषयमा पुनः छलफल गरी ठोस निर्णय गर्ने उल्लेख गरे । 

यस्तै, सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा समेत बसाउने तयारी गरेको छ । तर शिक्षकहरूले भने विद्यालय शिक्षा विधेयक अघि बढाउने एकमात्र माग रहेकाले वार्तामा बस्न आवश्यक नरहेको बताउँदै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १९:१२
प्रतिक्रिया दिनुहोस्