site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : विश्वप्रकाश शर्मा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् ।

नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति झापा क्षेत्र नं ४ प्रदेशसभा (१)को कार्यालय भवनको शुक्रबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले गणतन्त्रको विरुद्ध भइरहेका अवाञ्छित गतिविधि देश र जनताको पक्षमा उपयुक्त नहुने उल्लेख गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राजसंस्थाले आधाभन्दा धेरै जनसंख्या भएका महिलालाई राजा हुनबाट वञ्चित गराएको उल्लेख गर्दै उनले अब एकल जाति, लिंगीलाई फेरि पनि देशको शासन व्यवस्थामा ल्याउने कुरा केवल गफ गर्ने मेलो मात्र हुने उनको भनाइ थियो ।

गणतन्त्रको संस्थागत विकासमा कैयौँ चुनौती देखिए पनि त्यसलाई अवसरसँगै चुनौतीका रूपमा काम गर्नतर्फ लाग्नुपर्ने महामन्त्री शर्माको जोड छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १९:०६
प्रतिक्रिया दिनुहोस्