site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भने पनि नभने पनि हामी ‘इन्डोसेन्ट्रिक’ हौँ : प्रा.डा. लोकराज बराल 

काठमाडौं । प्राध्यापक डाक्टर लोकराज बरालले भने पनि नभने पनि नेपाल भारतकेन्द्रित रहेको बताएका छन् । गणेशमान सिंह फाउन्डेसनले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखर आजादले पुर्‍याएको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै प्रा.बरालले नेपालको भारतसँग बहुआयामिक सम्बन्ध रहेको भन्दै पछिल्लो समय भने राजनीतिक सम्बन्ध प्रगाढ हुन नसकेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“भने पनि नभने पनि हामी इन्डोसेन्ट्रिक हौँ, राजनीतिक, आर्थिक, सामाजिक, सांकृतिक सबै हिसाबले हामी इन्ड्रोसेन्ट्रिक छौँ,” बरालले भने, “यो अवस्थामा ‘पार्टी टु पार्टी’ सम्बन्ध महत्त्वपूर्ण हुन्छ । पहिले एकदमै उच्च तहमा थियो । अहिले त्यो छैन ।”

उनले भारतका राजनीतिक दलको नयाँ पुस्तासँग संवाद बढाउन बरालले सुझाव दिए । डा. बरालले राजनीतिक पार्टीका नेताहरूमा अध्ययनको अभाव देखिएको भन्दै त्यसले बौद्धिक खडेरी बढाउँदै लगेको बताए । “बौद्धिक वर्गलाई आर्टिकल पढ्ने समेत फुर्सद छैन,” प्रा.डा. बरालले भने ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १५:२२
प्रतिक्रिया दिनुहोस्