site stats
बाह्रखरी :: Baahrakhari
देश
बैंककबाट काठमाडौं आएका भारतीय नागरिक नौ किलो गाँजासहित पक्राउ
फाइल तस्बिर ।

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलो ८५५ ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक २८ वर्षीय सन्दीप कुभाटुमोला उन्नी रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले भने, “थाई एअरको उडानमार्फत बैंककबाट काठमाडौं आएका निजलाई अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाको एक्स–रे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उक्त परिणामको गाँजा फेला परेपछि आइतबार पक्राउ गरिएको हो ।” 

पक्राउ परेका निजलाई आज सार्वजनिक गरिएको र थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको प्रहरीले जनाएको छ ।रासस

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १८:५३
प्रतिक्रिया दिनुहोस्