site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
एपेक सम्मान : उषा र हेमन्त पुरस्कृत

काठमाडौं । साहित्य, कला तथा सिर्जनामा सक्रिय संस्था एपेक नेपालले २६औँ वार्षिकोत्सवको अवसर पारेर दुई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

एपेक नेपालले सोमबार काठमाडौंमा एपेकद्वारा आयोजित समारोहमा ‘विश्व–ज्योति काव्य सम्मान–२०८१’ साहित्यकार उषा शेरचनलाई र ‘विश्व–ज्योति पाण्डुलिपि पुरस्कार–२०८१’ कवि हेमन्त शिशिरलाई प्रदान गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रममा सम्मानकासाथ नगद राशि ५१ हजार रुपैयाँ प्रदान गरियो भने हेमन्त शिशिर लिखित पुरस्कृत पाण्डुलिपि ‘बन्द कोठाको झ्याल’ पुस्तकका रूपमा प्रकाशित गर्दै लोकार्पण समेत गरियो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सर्जकहरूलाई सम्मानित गर्दै एपेकले नेपाली कला र साहित्यलाई समाजसँग जोड्दै गरेको काम उल्लेखनीय भएको बताए ।

सम्मानित साहित्यकार उषा शेरचनले अक्षरको खेती गर्नु आफ्नो धर्म र कर्म भएको बताउँदै यस पुरस्कारले आफूमाथि थप जिम्मेवारी थपिएको उल्लेख गरिन् । पुरस्कृत कवि हेमन्त शिशिरले कविता वाचन गरे ।

एपेकका अध्यक्ष कवि विश्वविमोहन श्रेष्ठले एपेकले साहित्य, कला र रंगमंचलाई सधैँ जोड्दै आएको बताउँदै उषा शेरचनलाई सम्मान गर्द पाउँदा संस्था आफैँ सम्मानित भएको अनुभूत भएको बताए । उनले पाण्डुलिपि पुरस्कारका लागि ४६ वटा कविताका पाण्डुलिपि प्राप्त भएको र त्यसमा विभिन्न चरण पार गर्दै हेमन्तको कृति छनोट भएको चर्चा गरे ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्