site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
मेजर रामबहादुर गुरुङ ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित

काठमाडौं । बाह्रखरी मिडियाले नेपाल गल्फ आइकन डे–२०२५ को अवसरमा मेजर रामबहादुर गुरुङलाई सम्मान गरेको छ । नेपाल गल्फ एसोसिएसनसँगको सहकार्यमा बाह्रखरी मिडियाले शुक्रबार बेलुका काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलसहितले गुरुङलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरेका हुन् ।

प्रधानसेनापति सिग्देलसहित नेपाल गल्फ एसोसिएसनका अध्यक्ष टासी घले, बाह्रखरी मिडियाका अध्यक्ष तथा प्रधानसम्पादक प्रतीक प्रधान, बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले गुरुङलाई सम्मान गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गुरुङले कास्कीको पोखरास्थित हिमालयन गल्फ कोर्स निर्माण गरेका थिए । उनले सन् १९९४ देखि चार वर्ष लगाएर गल्फ कोर्स निर्माण गरेका थिए । माछापुच्छ्रे हिमालको काखमा अवस्थित यो गल्फ कोर्स विश्वकै रमणीय गल्फ कोर्समध्येको एक हो ।

इंग्ल्यान्डको स्यान्डहर्स्टस्थित रोयल मिलिटरी एकेडेमीबाट स्नातक गरेका गुरुङ ब्रिटिस गोर्खाहरूमा गल्फ खेल्ने पहिलो नेपाली थिए । उनी हङकङमा तैनाथ रहँदा गोर्खाज गल्फिङ सोसाइटीको ब्रिगेडका सचिव पनि थिए ।

बाह्रखरीले गत वर्ष अन्तर्राष्ट्रिय गल्फ दिवसको उपलक्ष्यमा नेपालको गल्फलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल व्यावसायी तथा गल्फर प्रेमसरुप सचदेवलाई ‘लाइफटाइम अचिमेन्ट’ अवार्डबाट सम्मान गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  २०:३४
प्रतिक्रिया दिनुहोस्