site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपाल बार निर्वाचन : अध्यक्षमा श्रेष्ठभन्दा मिश्र दोब्बर मतले अगाडि 

काठमाडौं । नेपाल बार एसोसिएसन केन्द्रीय कार्यसमितिको निर्वाचनको मत गणना जारी छ । प्राप्त पछिल्लो मत परिणामअनुसार अध्यक्षका उमेदवार डा. विजयप्रसाद मिश्र निकटतम प्रतिद्वन्द्वी रमनकुमार श्रेष्ठभन्दा दोब्बर मतले अगाडि छन् । 

हालसम्म डा. मिश्रले २६४३ मत ल्याउँदा श्रेष्ठले जम्मा १३११ मत पाएका छन् । अध्यक्ष पदका अन्य उम्मेदवारमध्ये राजु कैतीले १३ मत, उज्वलकुमार घिमिरेले ९ मत र आशिष पौडेलले २४ मत पाएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कोसी प्रदेश उपाध्यक्ष पदमप्रसाद लिम्बूले दुई हजार ९८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी प्रत्यासी कर्णबहादुर राईले एक् हजार २१ मत पाएका छन् ।

मधेस प्रदेश उपाध्यक्षमा अजयशंकर झाले दुई हजार ८०० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रमोद प्रसादले एक हजार चार मत पाएक छन् । वाग्मती प्रदेश उपाध्यक्षमा तेजबहादुर रावलले दुई हजार ७२७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी डकेन्द्रप्रसाद सुवेदीले एक हजार १२५ मत पाएका छन् ।

गण्डकी प्रदेश उपाध्यक्षमा भूपेन्द्र खनालले दुई हजार ६४३ मत ल्याउँदा सुकदेव गौतमले एक हजार १८९ मत पाएका छन् । यस्तै, लुम्बिनी प्रदेश उपाध्यक्षमा कृष्णप्रसाद पोख्रेलले दुई हजार ७६१ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी तीर्थराज ज्ञवालीले एक हजार ५१ मत पाएका छन् । 

कर्णाली प्रदेश उपाध्यक्षमा विवशकुमार बस्नेतले दुई हजार ७७० मत ल्याउँदा धर्मराज न्यौपानेले एक हजार २५ मत पाएका छन् । सुदूरपश्चिम उपाध्यक्षमा सिद्धराज ओझाले दुई हजार ७७६ मत पाउँदा पदमराज शर्माले एक हजार १३ मत ल्याएका छन् । महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठले दुई हजार ५२२ मत ल्याउँदा दिना श्रेष्ठले एक हजार २६७ मत पाएकी छन् ।

महासचिवमा विजयप्रसाद प्यानलका केदारप्रसाद कोइरालाले अग्रता बनाएका छन् । उनले दुई हजार ६२२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी यज्ञमणि न्यौपानेले एक हजार १२८ मत पाएका छन् । अर्का उमेदवार हरिशरण कार्की ९१ मतमा सीमित भएका छन् ।

कोषाध्यक्ष उमेदवार जगतबहादुर कार्कीले दुई हजार ४३ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी दीपक राईले ९२० मत ल्याएका छन् । कोषाध्यक्षका अर्का उमेदवार विष्णुप्रसाद सापकोटाले १३६ मत पाएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  २१:२५
प्रतिक्रिया दिनुहोस्