site stats
बाह्रखरी :: Baahrakhari
देश
शिक्षक आन्दोलनले सवारी आवागमन अस्तव्यस्त

काठमाडौं । शिक्षक आन्दोलनका कारण काठमाडौंको सवारी आवागमन अस्तव्यस्त बनेको छ । आन्दोलनरत शिक्षकहरूले माइतीघरदेखि बानेश्वरसम्मको पूरै सडकमा प्रदर्शन गरेपछि तीनकुने–माइतीघर सडक बन्द गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले शिक्षकले पूरै सडक ढाकेर प्रदर्शन गर्दा यातायात व्यवस्थापनमा समस्या आएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“कोटेश्वरबाट आएका सवारी साधनलाई तीनकुनेबाट सिनामंगल रातोपुलतर्फ, भद्रकाली हुँदै गइरहेका सवारी साधनलाई माइतीघरबाट, त्रिपुरेश्वरबाट गइरहेका सवारी साधनलाई थापाथलीबाटै डाइभर्ट गरिएको छ,” गिरीले भने ।

अन्य सडकमा पनि सवारी क्युमा रहेकाले वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १४:३७
प्रतिक्रिया दिनुहोस्