site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बोहराको प्रतिनिधिसभा सदस्य पद रिक्त

काठमाडौं । प्रतिनिधिसभाले रूपन्देही निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य दीपक बोहराको यही चैत १९ गते निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराएको छ ।

संघीय संसद् सचिवालयले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त हुन आएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को उपनियम (२) बमोजिम बिहीबार सूचना प्रकाशन गरी उक्त पद रिक्त रहेको जानकारी गराएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट रूपन्देही जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बोहराको यही चैत १९ गते मंगलबार निधन भएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  २२:१७
प्रतिक्रिया दिनुहोस्