site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मस्कप्रति अवाक् : ट्रम्पका वरिष्ठ मन्त्रीहरू भन्छन्– सबैभन्दा चिढाउने व्यक्ति
तस्बिर : एएफपी ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमा एलन मस्कले प्रमुख स्थान ओगटेका छन् । तर, रोलिङ स्टोन पत्रिकामा हालै प्रकाशित एक रिपोर्टमा ट्रम्प प्रशासनमा उनका धेरै साथी नभएको संकेत छ ।

वरिष्ठ मन्त्रीहरू एलन मस्कको ठट्टा गर्ने बानी र आफूजस्तो बुद्धिमान (स्मार्ट) कोही छैन भन्ने विश्वासलगायत व्यवहारबाट चिढिएका रोलिङ स्टोनले जनाएको छ । ट्रम्प प्रशासनका कम्तीमा तीन अधिकारीले मस्कप्रतिको असन्तुष्टि र निराशा रोलिङ स्टोनलाई बताएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गुनासाको लामो सूची
ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीले भने, “म एलनसँगै एकै कोठामा बसेको छु र उनी सधैँ ठट्यौलो (फन्नी) बन्न खोज्छन् । तर, उनी पटक्कै फन्नी (ठट्यौलो) छैनन् । उनी जोक गर्ने प्रयास गर्छन् र मुस्कुराउँछन् । जब तपाईं उनको जोकलाई तारिफ गर्नु हुन्न, तब यसबाट उनी चिढिएको जस्तो देखिन्छन् ।”

अर्का अधिकारीले भने, “म उनलाई चिढाउने व्यक्ति भन्ने शब्द प्रयोग गर्छु । उनीसँग काम गर्ने धेरैले उनीप्रति यही शब्द प्रयोग गर्छन् । तर, यो शब्द मात्रले उनको बानी अभिव्यक्त गर्दैन । एलन आफूलाई कोठामा भएका मान्छेले सबैभन्दा बुद्धिमान् ठान्छन् भन्ने सोच्छन् र त्यस्तै व्यवहार पनि गर्छन्, जबकि कहिलेकाहीँ उनी आफैँले बोलेको कुरा आफैँले बुझ्दैनन् ।”

मस्कका कारण ट्रम्प प्रशासनका केही अधिकारी महत्त्वपूर्ण बैठकबाट बीचैमा उठेर हिँडेका यी तीनै ह्वाइट हाउस अधिकारीले पुष्टि गरेका छन् । केहीले त उनले यस्तो व्यवहार देखाउनुको कारण नशाले गर्दा पनि हुन सक्ने सम्भावना व्यक्त गरेका छन् ।

एक वरिष्ठ अधिकारीले रोलिङ स्टोनसित भने, “उनीसँग कुरा गर्न असहज वा रिस उठाउने खालको हुन्छ । मैले अहिलेसम्म व्यवहार गरेका व्यक्तिहरूमध्ये सबैभन्दा चिढाउने व्यक्ति हुन् र यो भन्नु सानो कुरा होइन ।”

मस्कप्रति अवाक् भएपछि केही राज्य विभागका अधिकारीले उनलाई पछाडि ‘के्रजी काका एलन’ भनेर बोलाउन थालेका छन् ।

यसैबीच, विदेशमन्त्री मार्को रुबिया पनि अमेरिकी ‘सरकारी दक्षता विभाग’का प्रमुखप्रतिको आफ्नो घृणा लुकाउन सक्दैनन् र हाकाहाकी बोल्छन् भन्ने पनि चर्चा छ । हिन्दुस्तान टाइम्सबाट ।

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १०:३०
प्रतिक्रिया दिनुहोस्