site stats
बाह्रखरी :: Baahrakhari
देश
शान्ति सुरक्षाको माग गर्दै धरान उपमहानगरले गृहलाई लेख्यो पत्र

काठमाडौं । धरान उपमहानगरपालिकाले खोटाङमा सुम्निमा–पारुहाङको प्रतिमा तोडफोड गर्नेमाथि कानुनी कारबाही गर्न र शान्ति सुरक्षाको व्यवस्था गर्न माग गर्दै गृह मन्त्रालयलाई पत्र लेखेको छ ।

हिजो मात्रै खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं ६ छितापोखरीमा सुम्निमा–पारुहाङको प्रतिमा तोडफोड गरिएको खबर बाहिर आएको उल्लेख गर्दै उपमहानगर प्रमुख हर्कराज राईले गृह मन्त्रालयलाई पत्र लेखेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पत्रमा लेखिएको छ, “यो कायरतापूर्ण, पाशविक, अमानवीय र आपराधिक घटनाको घोर भर्त्सना गर्दै सूक्ष्म अनुसन्धान गरी दोषी उपर कडाभन्दा कडा कानुनी कारबाही माग गर्दछु ।” 

नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक देश रहेको र यस्ता कुकृत्यका कारण सामाजिक सद्भाव बिग्रने, राष्ट्रिय एकता कमजोर हुने साथै समग्र देशकै शान्ति सुरक्षाको स्थिति बिग्रिने भएकाले यस्ता ध्वंसात्मक गतिविधिलाई रोक्न आवश्यक सम्पूर्ण सुरक्षाका उपाय अपनाउन राईले माग गरेका छन् । 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १७:२३
प्रतिक्रिया दिनुहोस्