site stats
बाह्रखरी :: Baahrakhari
देश
एआईको दुरुपयोगबाट अपराध बढेको साइबर ब्युरोको ठहर 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले हाल सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को अत्यधिक दुरुपयोग बढ्दो क्रममा देखिएको भन्दै सचेत गराएको छ । 

एआईको माध्यमबाट अरूको चरित्र हत्या गर्ने, अश्लील तथा आपत्तिजनक सामग्री सिर्जना गरी सार्वजनिक गर्ने, दिग्भ्रमित बनाउने तथा गलत शब्द चयन गरी संगीतको सिर्जना गरी गराई मानमर्दन गर्ने गतिविधि बढेको ब्युरोले जनाएको छ ।

ब्युरोले सूचना जारी गर्दै भनेको छ, “यस प्रकारका गतिविधिहरूले व्यक्ति विशेषको सामाजिक प्रतिष्ठामा गम्भीर असर पार्ने मात्र नभई विद्यमान साइबर कानुन अनुसार अपराध समेत हुने भएकाले यस्ता प्रविधिको प्रयोग सोच विचार गरी अरूको सम्मानमा आँच नपुऱ्याउने गरी सकारात्मक तवरले प्रयोग गर्नुहुन सबैलाई साइबर ब्युरो अनुरोध गर्दछ ।”

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १९:२१
प्रतिक्रिया दिनुहोस्