site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
धवलशमशेर राणा छुट्दै

काठमाडौं । तीनकुनेको प्रदर्शन अराजक बनाउन भूमिका खेलेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री एवं सांसद धवलशमशेर जबरा छुट्ने भएका छन् ।

उनी उपचारका प्रयोजनका लागि थुनाबाहिर बस्नेगरी छुट्न लागेको गृह मन्त्रालय स्रोतले जानकारी दियो । स्रोतले भन्यो,‘‘राणा क्यान्सरका बिरामी पनि हुन् । सोही कारण उपचारका लागि उनलाई छाड्ने सुविधा दिन लागेको हो । उनीमाथि लागेको आरोपबारे भने प्रहरीले अनुसन्धान जारी नै राख्नेछ ।’’

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गएको चैत १५ गते राजतन्त्र पुनर्स्थापना गर्ने भन्दै तीनकुनेमा आयोजना गरिएको प्रदर्शन अराजक बन्दा दुईजनाको ज्यान नै गएको थियो । पत्रकार सुरेश रजक र सविन महर्जनको ज्यान गएको थियो । सोही घटनाको अनुसन्धानका लागि प्रहरीले राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमेशर जवरालाई सोही दिन पक्राउ गरेको थियो ।

हालसम्म प्रहरीले ८२ जनालाई पक्राउ गरेर मुद्दा चलाइसकेको छ । गएको शुक्रबार प्रदर्शन अराजक बनाउने मुख्य नाइने विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई समेत प्रहरीले भारतबाट पक्राउ गरेको थियो । उनीहरूमाथि प्रहरीले राज्यविरुद्धको अपराध र संगठित अपराध मुद्दामा अनुसन्धा थालेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १४:५०
प्रतिक्रिया दिनुहोस्