site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मस्कलाई नागरिकको निजी जानकारीमा पहुँच दिन सकिन्न : अमेरिकी अदालत

काठमाडौं । अमेरिकाका एक संघीय न्यायाधीशले अमेरिकी अर्बपति व्यापारी तथा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका सदस्य एलन मस्कका सहयोगीलाई त्यहाँको सामाजिक सुरक्षा प्रशासन (एसएसए)को कम्प्युटर प्रणालीमा रहेका लाखौँ अमेरिकी नागरिकको निजी जानकारीमा पहुँच प्राप्त गर्न प्रतिबन्ध लगाएको रोयटर्सले जनाएको छ ।

मेरिल्यान्डका अमेरिकी जिल्ला न्यायाधीश एलेन होल्यान्डरले मस्कको सरकारी कार्यदक्षता विभागलाई एसएसएको तथ्यांकमा पूर्ण पहुँच दिनुपर्ने आवश्यकता प्रमाणित गर्न नसकेको बताइन् । यसअघि मस्कको सरकारी कार्यदक्षता विभागले ठगी रोक्ने उद्देश्यले यो पहुँच प्राप्त गर्नुपर्ने माग गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

होल्यान्डरले गत महिना सरकारी कार्यदक्षता विभागलाई एसएसएको डाटामा पहुँच प्राप्त गर्न अस्थायी रोक लगाएकी थिइन् । तर यो प्रतिबन्ध बिहीबार समाप्त हुने थियो । यो आदेशले अब लामो समयका लागि प्रतिबन्ध कायम गरेको छ ।

होल्यान्डरले सरकारी कार्यदक्षता विभागका कर्मचारीले डाटा पहुँच प्राप्त गर्न गरेका विभिन्न प्रयासमा गोपनीयता कानुन उल्लंघन गरेको दाबीमा सही हुने सम्भावना छ र अमेरिकीलाई अपूरणीय क्षतिबाट बचाउन यस्तो रोकावट आवश्यक छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १५:१९
प्रतिक्रिया दिनुहोस्