site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानी हिन्दुहरूको भिसाबारे भारतले दियो स्पष्टीकरण 

काठमाडौं । कश्मीरको पहलगाम आक्रमणपछि पाकिस्तानी नागरिकको भिसा रद्दबारे भारतको विदेशमन्त्रालयले थप प्रष्ट पारेको छ । भारतीय विदेश मन्त्रालयले पाकिस्तानी हिन्दुहरूको दीर्घकालीन भिसा (एलटीवी) सम्बन्धी स्पष्टीकरण जारी गरेको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “रद्द गर्न प्रस्ताव गरिएका भिसाहरू पाकिस्तानका हिन्दु नागरिकहरूलाई पहिले नै दिइएको एलटीवीमा लागु हुँदैनन् । यी भिसाहरू अझै पनि मान्य हुनेछन् ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघि विदेश सचिव विक्रम मिसरीले बुधबार अब पाकिस्तानी नागरिकले सार्क भिसा छुट योजना (एसवीईएस)अन्तर्गत जारी गरिएको भिसाको आधारमा भारत यात्रा गर्न नपाउने बताएका थिए । 

उनले भनेका थिए, “एसवीईएसअन्तर्गत पाकिस्तानी नागरिकलाई पहिले जारी गरिएको भिसा रद्द गरिएको मानिनेछ । एसवीईएसअन्तर्गत भारतमा रहेका सबै पाकिस्तानी नागरिकले ४८ घण्टाभित्र भारत छोड्नुपर्नेछ ।” 

मंगलबार कश्मीरको पहलगाममा भएको हमलामा २६ जनाको मृत्यु भएको थियो । 

बुधबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद्को बैठकमा धेरै निर्णयहरू लिइएका थिए । जसमा एउटा निर्ण पाकिस्तानी नागरिकको भिसा रद्द गर्ने निर्णय पनि थियो । बीबीसी

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  ०८:३२
प्रतिक्रिया दिनुहोस्