site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सत्तामा आऊजाऊ गर्न वैधानिक बाटो छ, जबरजस्ती नगर : डीपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर जबर्जस्ती गरे मुलुकमा द्वन्द्व हुन सक्नेतर्फ ध्यानकर्षण गराएका छन् । 

शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले राजावादीप्रति लक्षित गर्दै सत्तामा आऊजाऊ गर्न वैधानिक बाटो रहेको बताए । “हाम्रो संविधानले कसैको आगमन र बहिर्गमनका लागि वैधानिक बाटो निर्दिष्ट गरेको छ । त्यसको प्रयोग गरेर जनमतमार्फत जो पनि शासनमा आऊजाऊ गर्न सक्छन्,” उनले भने, “योभन्दा अर्को बाटो कसैले सोचेको छ र त्यसमा जबरजस्तीको प्रयास भयो भने फेरि मुलुक द्वन्द्वतर्फ उन्मुख हुनेमा हामी सबैले ख्याल गर्नुपर्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले अहिलेको मुख्य एजेन्डा रूपान्तरणका बाधकहरूको अन्त्य भएको सुनाए । “अहिलेको मूल एजेन्डा रूपान्तरणका बाधक, परिवर्तनका अवरोधक र विकृतिका कारकहरूको अन्त्य हो । सुधारको सुरुवात संविधान सच्याएर गर्नुपर्छ,” उनले भने । तर, संविधान संशोधनबारे सरकारले विपक्षीसँग संवाद नै नगरेको उनले बताए । 

उनले दल नमिल्दा बिग्रिएको भन्ने भाष्य एमाले र कांग्रेस मिल्दा झन् बिग्रिएको दाबी गरे । “ती दल मिल्दा त बिग्रिँदो रहेछ । सुशानसन कायम र भ्रष्टाचार अन्त्यको त कल्पनै गर्न नसकिने अवस्थामा पुग्यो,” उनले भने ।
 
अर्यालले गर्भनर नियुक्ति, शिक्षकको आन्दोलन र शिक्षामन्त्रीको राजीनामाले सरकारले लाज ढाक्ने नसकेको टिप्पणी गरे । उनले निजी क्षेत्रमा पनि सरकारप्रति विश्वास नभएको दाबी गरे । 


 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १५:२४
प्रतिक्रिया दिनुहोस्