site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शिक्षक महासंघलाई मन्त्रालयले पुनः वार्तामा बोलायो 

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आदोलनरत शिक्षक महासंघलाई पुनः वार्तामा बोलाएको छ । मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरेर उनीहरूलाई शनिबार बिहान ७ः३० बजे वार्तामा आउन आह्वान गरेका हुन् । यसअघि शिक्षामन्त्री रघुजी पन्तले बोलाएको वार्ता शिक्षक महासंघको असन्तुष्टिका कारण असफल भएको थियो ।

विज्ञप्तिमा भनिएको छ, “वार्ता र संवादका माध्यमबाट आन्दोलनरत शिक्षकका समस्या समाधान गर्न नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्रीज्यूबाट आह्वान भएबमोजिम मिति २०८२।१।१२ गतेका दिन नेपाल शिक्षक महासंघ, राष्ट्रिय समितिलाई पत्राचार भएकोमा कारणवश आजका लागि निर्धारित भेटघाट र छलफल हुन नसकेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भोलिको बैठक शिक्षामन्त्रीकै उपस्थितिमा हुने बताइएको छ । सर्वोच्च अदालतबाट मिति २०८२।१।१२ गते प्राप्त आदेश समेतलाई ध्यानमा राखी महासंघसँग भएको छलफल र परामर्शबमोजिम मन्त्रालयले वार्तामा बोलाएको हो । 

“माननीय मन्त्रीज्यूको समुपस्थितिमा मिति २०८२।१।१३ गते बिहान ७ः३० बजे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुने वार्ता र संवादको लागि महासंघका तर्फबाट अध्यक्ष एवं अन्य पदाधिकारीहरू उपस्थित भइदिनु हुन मन्त्रालय हार्दिक आह्वान गर्दछ,” विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १८:५५
प्रतिक्रिया दिनुहोस्