site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्रान्ड कार्निभलमा बजाज पल्सर एन१६० र एन१२५ सार्वजनिक

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नयाँ बजाज पल्सर एन१६० र पल्सर एन१२५ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

भृकुटीमण्डपमा जारी ग्रान्ड कार्निभलमा सार्वजनिक यी दुई नयाँ मोडलले पावर, प्रविधि र डिजाइनको संयोजनमार्फत बजाज प्रेमीलाई रोमाञ्चक राइडको अनुभव दिनेमा कम्पनीको दाबी छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कम्पनीका अनुसार, नयाँ बजाज पल्सर एन१६० मा १६४.८२ सीसीको सिंगल–सिलिन्डर, एयर–कुल्ड, एसओएचसी, २–भल्ब इन्जिन समावेश छ, जसले १६ पीएस (११.७ किलोवाट) ब्रेक हर्स पावर र १४.६५ एनएमको टर्क दिन्छ ।

पाँच गियरसम्मको गियरबक्स रहेको यस मोटरसाइकलमा गियर परिवर्तन निकै सहज रहेको कम्पनीले जनाएको छ । यसमा डुअल–च्यानल एबीएस, ३७ मिमि अपसाइड डाउन फर्क्स र नाइट्रोक्स मोनोसक सस्पेन्सनजस्ता उत्कृष्ट विशेषता समावेश रहेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार, डुअल च्यानल भ्यारियन्टमा उपलब्ध विशेषताका अतिरिक्त टर्न–बाइ–टर्न नेभिगेसन, एबीएस राइड मोड डिस्प्ले उपलब्ध छन् । यस्तै, पल्सर एन१२५ मा १२४.५८ सीसीको एयर–कुल्ड, सिंगल स्पार्क, २–भल्ब इन्जिन रहेको छ । जसले १२ पीएसको अधिकतम शक्ति र ११ एनएमको अधिकतम टर्क दिन्छ ।

कम्पनीका अनुसार, यसमा ५–स्पिड ट्रान्समिसन र काउन्टर ब्यालेन्सरजस्ता विशेषता समावेश छन् । यस मोडलमा उत्कृष्ट इन्धन क्षमता रहेको कम्पनीको दाबी छ ।

सार्वजनिक कार्यक्रममा गोल्छा ग्रुपका मार्केटिङ हेड अमित राज चालिसेले नेपालमा नयाँ पल्सर एन१६० र एन१२५ सार्वजनिक गर्न पाउँदा खुसी रहेको बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १६:२८
प्रतिक्रिया दिनुहोस्