site stats
बाह्रखरी :: Baahrakhari
विदेश
उत्तरी गोवाको मन्दिरमा भागदौड, चारजनाको मृत्यु

काठमाडौं । भारतको उत्तरी गोवाको शिरगाउँमा रहेको श्री लेराई देवी मन्दिरमा भागदौड हुँदा कम्तिमा चारजनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मापुसास्थित उत्तरी गोवा जिल्ला अस्पताल पुगेर घाइतेहरूलाई भेटेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एक वरिष्ठ प्रहरी अधिकारीले उत्सवमा भाग लिन गोवा, महाराष्ट्र र कर्नाटकबाट हजारौँ भक्तजनहरू मन्दिरमा पुगेका थिए ।

भागदौडको कारण अनुसन्धानपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ । बीबीसी
 

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  ०९:२५
प्रतिक्रिया दिनुहोस्