site stats
बाह्रखरी :: Baahrakhari
देश
आगामी तीन दिनसम्म हल्कादेखि मध्यम वर्षा

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार बिहान बाग्मती प्रदेश र गण्डकी प्रदेशमा हल्का वर्षा भइरहेको छ । अहिले काठमाडौंका अधिकांश स्थानमा पानी परिरहेको छ । 

मौसमविद् सञ्जीव अधिकारीका अनुसार आगामी तीन दिनसम्म काठमाडौंमा हल्कादेखि मध्यम वर्षा हुनेछ । आगामी तीन दिन गण्डकी, कोशी, लुम्बिनीलगायत प्रदेशमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

साथै देशका हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 

त्यस्तै, आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

हिमाली भू–भागका एक–दुई स्थानमा स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ मौसम विज्ञान विभागले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  ०७:४७
प्रतिक्रिया दिनुहोस्