site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपालीमा संवाद गरेकै कारण विद्यार्थीलाई दण्डित नगर्न महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेका आधारमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना नगर्न सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई परिपत्र गरेको छ । 

महानगरपालिकाका शिक्षा अधिकृत नेत्रनारायण पौडेलले जारी गरेको पत्रमा विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भन्ने गुनासोप्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यदि कुनै विद्यालयले शिक्षणको माध्यम अंग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अंग्रेजी भाषालाई अनिवार्य गरी विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भए तत्काल बन्द गर्न निर्देशानुसार सूचित गरिन्छ ।”

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १६:५५
प्रतिक्रिया दिनुहोस्