site stats
बाह्रखरी :: Baahrakhari
विदेश
जम्मू कश्मीरको पुंछमा पाकिस्तानबाट भएको गोलीबारीमा एक सैनिक जवानको मृत्यु

काठमाडौं । जम्मू कश्मीरको पुंछ सेक्टरमा पाकिस्तानी सेनाले गरेको गोलीबारीमा भारतीय सेनाका एक जवान दिनेश कुमारको मृत्यु भएको छ । "पुंछ सेक्टरमा निर्दोष नागरिकहरूमाथि लक्षित आक्रमणका सबै पीडितहरूसँग हामी ऐक्यबद्धतामा उभिएका छौँ," भारतीय सेनाले एक पोस्टमा भनेको छ ।

यसैबीच, हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनीले अपरेसन सिन्दूरपछि पाकिस्तानबाट गोलीबारी भएकाे बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले लेखे, "अपरेसन सिन्दूरपछि आज बिहान जम्मूको पुंछमा भारत माताका वीर सपुत, हरियाणाको पलवलका पुत्र जवान दिनेश कुमार शर्माजीले पाकिस्तानबाट भएको गोलीबारीको साहसपूर्वक सामना गर्दै आफ्नो जीवनको सर्वोच्च बलिदान दिनुभयो ।"

भारतीय सेनाले भनेको छ, "पाकिस्तानले फेरि एकपटक युद्धविराम सम्झौताको उल्लंघन गरेको छ ।" बीबीसी

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  ००:४१
प्रतिक्रिया दिनुहोस्