site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सत्ता गठबन्धन दलका नेताको बैठक जारी

काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलका नेताहरूको बैठक जारी छ । मंगलबार (असार १०) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गर्ने दिन सत्तापक्षीय शीर्ष नेता छलफलमा जुटेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेता सहभागी छन् ।

यस दिन संसद्‌बाट आउँदो आर्थिक वर्षको बजेट पारित गरिने भन्दै उक्त बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र विनियोजन विधेयकको प्रस्तावका पक्षमा मतदान गर्न कांग्रेस र एमालेले ‘ह्विप’ जारी गरिसकेका छन् ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  ०९:४३
प्रतिक्रिया दिनुहोस्