site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानसँग तनाव बढेपछि इन्डियन आयल कर्पोरेसनले भन्यो– इन्धनको पर्याप्त भण्डार छ

काठमाडौं । इन्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसीएल)ले देशभर पर्याप्त इन्धन भण्डार रहेको बताएको छ । आईओसीएलले शुक्रबार विज्ञप्ति जारी गर्दै मानिसहरू आत्तिनु पर्ने कुनै आवश्यकता नभएको स्पष्ट पारेको छ । 

“इन्डियन आयलसँग देशभर पर्याप्त इन्धनको भण्डार छ । हाम्रो आपूर्ति लाइनहरू कुनै पनि समस्याबिना राम्रोसँग चलिरहेका छन्,” आईओसीएलले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त पोस्टमा आह्वान गरिएको छ, “आत्तिएर खरिद गर्नुपर्ने कुनै जरुरी छैन । हाम्रा सबै आउटलेटहरूमा इन्धन र एलपीजी सजिलै उपलब्ध छन् ।”

मानिसहरूलाई शान्त रहन र अनावश्यक भीडभाडबाट बच्न आईओसीएलले सुझाव दिएको छ । (बीबीसी हिन्दीबाट)
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १२:३५
प्रतिक्रिया दिनुहोस्