site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतका ३२ विमानस्थलबाट नागरिक उडानहरू बन्द 

काठमाडौं । भारत–पाकिस्तान तनावका कारण भारतको नागरिक उड्डयन मन्त्रालय (डीजीसीए)ले देशको उत्तरी र पश्चिमी भागमा अवस्थित ३२ विमानस्थलबाट नागरिक उडान बन्द गरेको छ । 

भारतीय विमानस्थल प्राधिकरण (एएआई) र सम्बन्धित उड्डयन अधिकारीहरूलाई नोटम जारी गरिएको छ । यस नोटममा मे १५ बिहान ५ः२९ बजेसम्म विमानस्थल बन्द रहने उल्लेख छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उधमपुर, अम्बाला, अमृतसर, अवन्तिपुरा, भटिन्डा, भुज, बिकानेर, चंडीगढ, हलवारा, हिन्डन, जैसलमेर, जम्मू, जामनगर, जोधपुर, कान्डला, कांगडा (गग्गल), केशोद, किसनगढ, कुल्लु मनाली (भुन्तर), लेह, लुधियाना, पटहनकोट, पट्टनकोट, पत्तनकोट, पट्टनाकोट, हिरासर, सरसावा, शिमला, श्रीनगर, थोइसे र उत्तरलाईका लागि नोटम जारी गरिएको छ । 

एयर इन्डियाले जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, चण्डीगढ, भुज, जामनगर र राजकोटका उडानहरू मे १५ बिहान ५ः२९ बजेसम्म रद्ध गरिएको जनाएको  छ । बीबीसी
 

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  ०५:५७
प्रतिक्रिया दिनुहोस्