site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतलाई जवाफ दिन पाकिस्तानसँग पूर्ण युद्धबाहेक अरू विकल्प छैन : पाकिस्तान

काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले पछिल्ला चार दिनदेखि बढाइरहेको आक्रामक क्रियाकलापलाई जवाफ दिन पाकिस्तानसँग पूर्ण युद्धबाहेक अरू विकल्प बाँकी नभएको बताएका छन् ।

एक पाकिस्तानी समाचार च्यानललाई अन्तर्वार्ता दिँदै आसिफले भने, “हामीसँग यसबाहेक अरू कुनै विकल्प छैन । हामीले उनीहरूलाई उस्तै सिक्कामा जवाफ दिनुपर्छ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भारतबाट प्रकाशन हुने फस्र्टपोस्ट अनलाइनका अनुसार प्रश्नकर्ताले युद्ध हाम्रो ढोकासम्म पुगिसक्यो ? भनेर प्रश्न गर्दा रक्षामन्त्री आसिफले जवाफ दिए, “पक्कै पनि, यसबारे कुनै शंका गर्नुपर्दैन ।” 
 
पाकिस्तानले भारतीय सैन्य अड्डामा गरेको ड्रोन आक्रमणभन्दा अघि रक्षामन्त्री आसिफले बुधबार पाकिस्तान भारतसँग पूर्ण युद्ध टार्न खोजिरहेको बताएका थिए । 

सीएनएनका अनुसार बुधबार आसिफको भनाइ थियो, “यो द्वन्द्व पूर्ण युद्धमा फैलिने सम्भावना छ, जसलाई हामीले रोक्न खोजिरहेका छौँ ।” 

उनको यो टिप्पणी भारतले बुधबार बिहान ‘अपरेसन सिन्दूर’ अभियान सुरु गरेपछि आएको थियो । यस अभियानमा पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरका नौ आतंकवादी संरचनाहरूमा मिसाइल प्रहार गरिएको थियो । भारतको उक्त आक्रमण कश्मीरको पहलगाममा अप्रिल २२  मा २६ जनाको मृत्यु हुनेगरी भएको आतंकवादी हमलाको जवाफमा भएको थियो । 

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  ०६:३३
प्रतिक्रिया दिनुहोस्