site stats
बाह्रखरी :: Baahrakhari
देश
युद्धविराम र ‘अपरेसन सिन्दूर’मा छलफल गर्न संसद्को विशेष सत्र बोलाउन राहुल गान्धीको माग

काठमाडौं । भारतको इन्डियन नेसनल कांग्रेसका सांसद राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेर संसद्को विशेष सत्र बोलाउन आग्रह गरेका छन् । शनिबार साँझ भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएपछि आइतबार गान्धीले प्रधानमन्त्री मोदीलाई पत्र लेखेका हुन् ।

पत्रमा उनले लेखेका छन्, “म विपक्षी दलकोको सर्वम्मतिबाट फेरि एकपटक संसद्को विशेष सत्र तत्काल बोलाउन आग्रह गर्दछु ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संसद्‌मा प्रतिपक्ष नेता राहुल गान्धीले लेखे, “पहलगाम आतंकवादी हमला, अपरेसन सिन्दूर र युद्धविरामलगायत विषयमा छलफल गर्नु जनताको र उनीहरूका प्रतिनिधिहरूका लागि आवश्यक छ । यसको घोषणा सबैभन्दा पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका थिए ।”

गान्धीले अगाडि भनेका छन्, “यो हाम्रा सामु आएका चुनौतीसँग संयुक्तरूपमा सामना गर्ने हाम्रो संकल्प देखाउने एक अवसर पनि हुनेछ ।”

गान्धीले पत्रमा प्रधानमन्त्री मोदीलाई भनेका छन्, “मलाई विश्वास छ, तपाईंले यस मागमा गम्भीरतापूर्वक विचार गर्नुहुनेछ र यस मागमा चाँडो पहल गर्नुहुनेछ ।”

बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १०:३७
प्रतिक्रिया दिनुहोस्