site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
'पक्राउ पुर्जी जारी भएका सांसद प्रधानमन्त्रीसँगै बस्ने सुशासनको कुन नमुना हो ?'

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले पक्राउ पुर्जी जारी भएका लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थी प्रधानमन्त्री सहभागी कार्यक्रमको मञ्चमा देखिएको विषयमा संसद्‌मा प्रश्न उठाएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा सांसद बरालीले प्रहरी जाँदा भेट नहुने सांसद प्रधानमन्त्रीसँग एउटै मञ्चमा देखिएको भन्दै प्रश्न उठाएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सुशासनको ठेक्का लिएको सरकार छ । पक्राउ पुर्जी जारी भएको आफ्नै सांसद छन् । प्रहरी प्रशासन जाँदा भेट नभएको जानकारी आउँछ । प्रधानमन्त्रीसँग कुम ठेलेर मञ्चमा बस्ने । सुशासनको कुन चाहिँ नमुना हो ?,” उनले भने ।

सोमबार लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा पन्थी प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित कार्यक्रममा अतिथिका रूपमा सहभागी भएका थिए ।

पन्थीविरुद्ध ०८१ जेठमा जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको थियो । तर, उनी अझै पक्राउ परेका छैनन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १२:३५
प्रतिक्रिया दिनुहोस्