site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रवेश परीक्षाबिना भर्ना लिए आन्दोलन गर्ने सीटीईभीटीलाई अनेरास्ववियूको चेतावनी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी संगठन अनेरास्ववियूले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)लाई ज्ञापनपत्र बुझाएको छ । बुधबार अनेरास्ववियूका नेताहरूले सीटीईभीटीका सदस्यसचिव महेश भट्टराईलाई कार्यालयमै भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।

अनेरास्ववियूले यसै शैक्षिकसत्रदेखि कुनै पनि कार्यक्रममा प्रवेश परीक्षाबिना विद्यार्थी भर्ना लिने भनी गरिएको ०८२ वैशाख २६ गते सीटीईभीटीको बैठकले गरेको निर्णयमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"यसरी बिनाप्रवेश परीक्षा जीपीएको भरमा मात्र विद्यार्थी भर्ना लिँदा सामुदायिक विद्यालयबाट पास भई आएका विद्यार्थी मारमा पर्ने, जीपीए सामुदायिकका भन्दा प्राइभेटबाट आयका विद्यार्थीहरूको बढी हुने र सीटीईभीटीमा पढ्ने अवसर पनि प्राइभेटका विद्यार्थीले धेरै पाउने भएको हुँदा हरेक विद्यार्थीहरूलाई समान ढंगले अवसर दिनको निम्ति प्रवेश परीक्षा अनिवार्य गरिनुपर्ने," अनेरास्ववियूले भनेको छ ।

अनेरास्ववियूले प्रवेश परीक्षा लिन नपर्ने निर्णय तत्काल खारेज गर्नुपर्ने माग राखेको छ । अन्यथा आन्दोलन गर्ने अनेरास्ववियूको चेतावनी छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १३:२१
प्रतिक्रिया दिनुहोस्