site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पोखरा । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले जेठ ११ गते दिउँसो २.०० बजेदेखि सुरु हुने गरी प्रदेशसभा बैठक आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम जेठ ११ गते आइतबार दिउँसो २.०० बजेदेखि प्रदेशसभा भवनमा बैठक आरम्भ हुने गरी आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले आइतबार (जेठ ४) जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस
 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १६:२५
प्रतिक्रिया दिनुहोस्