site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसीमा सिटी रिक्सा चालकलाई लाइसेन्स दिन निर्देशिका स्वीकृत

विराटनगर । कोसी सरकारले तीनपांग्रे सिटी रिक्सा चलाउने चालकलाई चालक अनुमतिपत्र (लाइसेन्स) दिन परीक्षा सञ्चालन निर्देशिका स्वीकृत गरेको छ । कोसी मन्त्रिपरिषद्को सोमबार बसेको बैकठले परीक्षा सञ्चालन सम्बन्धमा परीक्षा सञ्चालन निर्देशिका, २०८२ स्वीकृत गरेको हो ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले परीक्षा प्रणालीलाई थप व्यवस्थित गर्दै सिटी रिक्सा चलाउनेलाई लाइसेन्स दिन नयाँ प्रबन्ध गरिएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार, बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयबाट मन्त्रालयको संगठन तथा व्यवस्थापन प्रतिवेदन प्रदेश सरकारको राजनीतिक तथा प्रशासनिक समितिमा अध्ययनका लागि पठाउने निर्णय पनि गरेको छ । यस्तै, आठौँ तहका कर्मचारीको बढुवा सम्बन्धमा उच्च अदालत विराटनगरको फैसलाले जवाफ मागेकाले प्रदेश लोकसेवामार्फत जवाफ पठाउने, ताप्लेजुङको धुङ्सा खोलामा 'जनताको लगानी' शीर्षकमा ५ प्रतिशत लगानी गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले धनकुटा जिल्ला अस्पताल मनमोहन प्राविधिक विश्व विद्यालयमा हस्तान्तरण गर्न नीतिगत निर्णय गरेको छ । 

यसैगरी, प्रदेश जनस्वास्थ्यसम्बन्धी नीतिमा सम्बन्धित विषयगत समितिमा पठाउने र खोटाङ जिल्ला अस्पताललाई ५० शय्याको बनाउने निर्णय गरिएको छ ।

 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १८:१८
प्रतिक्रिया दिनुहोस्