देश

काठमाडौं । लमजुङको बेसीसहर नगरपालिका–६, खरखरे मालेबगरस्थित मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता भएका व्यक्तिको शव फेला परेको छ । सप्तरीको शम्भुनाथ नगरपालिका–१२ बस्ने २४ वर्षीय नन्दकिशोर चौधरीको शव सोमबार सशस्त्र प्रहरीले फेला पारेको हो ।
आश्रित गुल्म लमजुङबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दिपक पुरीको कमान्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले नदीको बीच भागमा शव फेला पारेको हो । नदीको बहाव धेरै भएको हुनाले जिल्ला प्रशासन कार्यालय लमजुङ र हाइड्रोपावरसँग आवश्यक समन्वय गरी शव बाहिर निकाल्ने प्रयास भइरहेको सशस्त्रका डीएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२ १८:३६
प्रतिक्रिया दिनुहोस्