site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बसवराजुको हत्यामा भाकपा–माओवादीले के भन्यो ?

काठमाडौं । भारतको छत्तीसगढमा भएको मुठभेडमा नम्बल्ला केशव राव उर्फ बसवराजु र अन्य केही माओवादीको मृत्यु हुनुमा आत्मसमर्पण गरेका माओवादीहरूको हात रहेको भारतीय कम्युनिष्ट पार्टी (माओवादी) सीपीआई–माओवादीले जनाएको छ । 

भाकपा–माओवादीले विज्ञप्ति जारी गर्दै उक्त घटनामा आत्मसमर्पण गरेका माओवादीहरूको ठूलो हात रहेको प्रष्ट पारेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विज्ञप्तिमा मुख्य नेतृत्वको सुरक्षामा पार्टी असफल भएको स्वीकार गरिएको छ ।  

“पछिल्लो ६ महिनामा माड क्षेत्रका विभिन्न एकाइका केही व्यक्तिहरू कमजोर भएर प्रहरी अधिकारीहरूसमक्ष आत्मसमर्पण गरे र देशद्रोही बने,” विज्ञप्तिमा भनिएको छ, “केशव रावको सुरक्षामा मुख्य जिम्मेवारी खेल्ने सदस्यहरू पनि तीमध्ये पर्छन् ।”

मे २१ मा सुरक्षा बलले छत्तीसगढको नारायणपुरमा भएको एक मुठभेडमा नम्बल्ला केशव राव मारिएको दाबी गरेको थियो । बीबीसी

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  ०८:५०
प्रतिक्रिया दिनुहोस्