site stats
बाह्रखरी :: Baahrakhari
देश
द्रुत बस सेवा सञ्चालन गर्ने नाममा दुई करोड ३५ लाख खर्च
फाइल तस्बिर ।

काठमाडौं । रत्नपार्कदेखि सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन गर्ने नाममा दुई करोड ३५ लाख ५९ हजार रुपैयाँ खर्च भएको पाइएको छ । 

काठमाडौं उपत्यकाको सवारी चाप तथा ट्राफिक जामलाई व्यवस्थापन गर्न भनि केही दिन मात्र सञ्चालनमा आएको थियो । द्रुत बस सेवाको लागि लेन मार्किङ र ट्राफिक सेफ्टीसम्बन्धी कार्यमा उक्त खर्च भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पर्याप्त अध्ययन विश्लेषणबिना द्रुत बस सेवा सुरु गर्दा राज्यकोषको खर्च मात्र बढेको महालेखापरीक्षकको कार्यालयको ६२औँ प्रतिवेदनमा औंल्याइएको छ ।  

महालेखाको प्रतिवेदनअनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काठमाडौं उपत्यकाको सवारी चाप तथा ट्राफिक जामलाई व्यवस्थापन गर्न उपयुक्त विकल्प खोजी गर्न निर्देशन दिएपछि रत्नपार्कदेखि सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन गर्ने निर्णय गरिएको थियो ।

रत्नपार्कदेखि सूर्यविनायकसम्म द्रुत बस सेवाको अवधारणा तयार गरी लेन मार्किङ र ट्राफिक सेफ्टीसम्बन्धी काममा सडक विभागबाट १० लाख एक हजार रुपैयाँ, सडक डिभिजन कार्यालय काठमाडौंबाट ९९ लाख ३८ हजार रुपैयाँ र सूर्यविनायक–धुलिखेल सडक योजना कार्यालयबाट एक करोड चार लाख २० हजार रुपैयाँ समेत गरी कुल दुई करोड ३५ लाख ५९ हजार रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

“कोटेश्वर लगायतका स्थानमा डेडिकेटेड लेन नै बन्द गरेकाले द्रुत बस सेवा हाल सञ्चालनमा छैन । पर्याप्त अध्ययन विश्लेषण बेगर कार्यक्रम सञ्चालन भएकोले उक्त सेवा निरन्तर भएको पाइएन । प्रतिफल प्राप्त हुने सुनिश्चितताको आधारमा मात्र खर्च गर्नुपर्दछ,” प्रतिवेदनमा भनिएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १६:५३
प्रतिक्रिया दिनुहोस्