site stats
बाह्रखरी :: Baahrakhari
देश
महाशाखाले भन्यो– मनसुन यसै साता नेपाल प्रवेशको सम्भावना
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । यो वर्षको मनसुन यसै साताको अन्त्यसम्म नेपाल प्रवेशको सम्भावना बढेको छ । मंगलबार (जेठ १३) भारतको असमका केही तथा भुटान र बंगलादेशको पूर्वी भूभागसम्म मनसुनको आगमन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“नेपालको पूर्वी भूभागबाट मनसुनको आगमन हुने सरदर मिति जुन १३ तारिख हो । तर, यस वर्षको मनसुन आगमन सरदरभन्दा छिटो हुने देखिन्छ,” महाशाखाले मंगलबार साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भूउपग्रहबाट प्राप्त बादलका तस्बिर, वायुमण्डलीय तथा मौसम मोडेलको तथ्यांक विश्लेषणका आधारमा मनसुन यसै साताको अन्त्यसम्म नेपालको पूर्वी भूभागबाट प्रवेश हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

“यस मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोहीअनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेछ,” महाशाखाले भनेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १९:००
प्रतिक्रिया दिनुहोस्