site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्वार्को फ्लाईओभरमा ‘डल्फिन बिटुमिन’ प्रयोग, ‘आफ्टर सेल्स सर्भिस’ समेत प्रदान

काठमाडौँ । ललितपुरको ग्वार्कोमा निर्माण भइरहेको नेपालकै पहिलो फ्लाईओभरमा ‘डल्फिन बिटुमिन’ प्रयोग गरिएको छ । नेपाली कम्पनीले पहिलोपटक आफ्नै नाममा बिटुमिन आयात गरेको हो । 

डल्फिन ब्रान्ड नाममा आयात गरिएको यो बिटुमिन नेपालमा पहिलोपटक आफ्नै नाम राखी बजारमा ल्याइएको कम्पनीको दाबी छ ।

डल्फिन बिटुमिन आयात गर्ने कम्पनीका प्रबन्ध निर्देशक अनुपम गोयलका अनुसार यो पहिलो पटक नेपाली ब्रान्डमार्फत बिटुमिन बजारमा प्रवेश गराइएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“नेपालको पहिलो फ्लाईओभरमा डल्फिन बिटुमिन प्रयोग भएको छ। हामीले केवल आपूर्ति मात्र होइन, बिक्रीपछि सेवा (आफ्टर सेल्स सर्भिस) समेत उपलब्ध गराएका छौं,” उनले भने ।

गोयलले भारतबाट आयात हुने अन्य बिटुमिन ब्रान्डले बिक्रीपछिको सेवा नदिएको आरोप लगाउँदै डल्फिन बिटुमिनलाई विश्वसनीय विकल्प हुने जनाए । उनका अनुसार डल्फिन बिटुमिन बजारमा पठाउनु अघि यसको गुणस्तर परिक्षण गरी मात्रै आपूर्ति गरिन्छ । 

गुणस्तरीय निर्माण सामग्रीप्रति प्रतिबद्धता

नेपालमा गुणस्तरीय पूर्वाधार विकासको क्रममा प्रयोग हुने निर्माण सामग्रीहरूको छनोटमा चुनौती हुँदै आएको छ । यस्ता परिस्थितिमा डल्फिन बिटुमिनले गुणस्तर र सेवाको प्रत्याभूति दिंदै नयाँ उदाहरण प्रस्तुत गरेको बताइएको छ ।

ग्वार्को फ्लाईओभर हाल निर्माणाधीन अवस्थामा छ र यसले उपत्यकाको ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । यस प्रकारको पूर्वाधार निर्माणमा प्रयोग हुने सामग्रीको गुणस्तरले निर्माणको दीर्घकालीन टिकाउपनामा प्रत्यक्ष असर पार्ने गोयल बताउँछन् ।

गोयलले डल्फिन बिटुमिनलाई अब देशभरका अन्य प्रमुख आयोजना र सडक निर्माणमा पनि प्रयोग गराउने लक्ष्य रहेको बताए । गोयलका अनुसार, डल्फिन बिटुमिन बजारमा पठाउनु अघि प्रत्येक लटको गुणस्तर परीक्षण गरिन्छ । कम्पनीले नेपालमै ल्याब परीक्षण, प्रयोगात्मक उपयोग, र निर्माणमा यसको प्रभाव मूल्याङ्कन गरी मात्रै सामग्री प्रयोगमा ल्याउने नीतिमा काम गरिरहेको छ । “यो केवल आयात होइन, निर्माण उद्योगमा गुणस्तरप्रति हाम्रो प्रतिबद्धता हो,” गोयलले थपे ।

डल्फिन बिटुमिन नाममा बजारमा ल्याइनु केवल ब्रान्डिङ मात्र नभई स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने दृष्टिकोणसहित गरिएको कम्पनीको भनाइ छ । कम्पनीले नेपालका विभिन्न प्राविधिक कर्मचारी र प्राविधिक संस्थाहरूसँग सहकार्य गर्दै नेपाली जनशक्तिको क्षमता अभिवृद्धिमा योगदान पुर्‍याइरहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  ०९:५२
प्रतिक्रिया दिनुहोस्